काठमाडौं । गण्डकी प्रदेशमा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका—१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका—८ का ७४ वर्षीय संक्रमित पुरुषको पनि बिहीबार बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो
अन्य दुईजनाको भने बुधबार उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । पोखरा महानगरपालिका—१३ का ५१ वर्षीय पुरुषको बुधबार बिहान साढे ५ बजेतिर फिस्टेल अस्पताल र वडानम्बर ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ बजे मृत्यु भएको छ ।
यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।