• मंगलबार, असोज २० २०८३

सन्दीप बिगबास खेल्न मंगलबार अस्ट्रेलिया जाँदै


बिहिबार, मंसिर २५ २०७७
765
Shares


काठमाडौं । राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिगबास क्रिकेट लिग खेल्न आगामी मंगलबार प्रस्थान गर्ने भएका छन्।

राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट तथा सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले सन्दीप मंगलबार अस्ट्रेलिया जाने बताएका हुन्।

सन्दीप बिहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया जानेछन्।

जारी सिजन सन्दीपले होबर्ट हरिकेन्सबाट बिगबास खेल्दै छन्। बिगबास लिग आजदेखि सुरु भएको छ। लिगको पहिलो खेलमा सन्दीपको टोलीले सिड्नी सिक्सर्सको सामना गरिरहेको छ।

सन्दीपले बिगबासमा सुरुवाती ६ खेल गुमाउनेछन्। कोरोना भाइरसको महामारीका कारण सन्दीप १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नेछन्।

कोरोना परीक्षणपछि उनी टोलीमा सहभागी हुनेछन्। गत मंसिर १३ गते कोरोना सक्रमण पुष्टि भएका सन्दीपले कोरोनालाई जितिसकेका छन्।

गत वर्ष मेलबर्न स्टार्सबाट खेलेका उनले १३ खेलमा १५ विकेट झारेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार