• मंगलबार, असोज २० २०८३

सुनको मूल्य घट्यो, प्रतितोला कति ?


बिहिबार, मंसिर २५ २०७७
755
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


स्थानीय बजारमा बिहीबार पहेँलो धातुको मूल्य प्रतितोला रु ९ सयले ओरालो लागेको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९ सयले ओरालो लागेको छ। बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २ सयमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार