• सोमबार, साउन १८ २०८३

गोरखकाली मन्दिर खोल्न गोरखा नगरको प्रस्ताव


बिहिबार, मंसिर २५ २०७७
3.6K
Shares


गोरखा । देशका प्रख्यात धार्मिक स्थलहरु धमाधम खुल्न थालेपछि गोरखाको गोरखकाली मन्दिर समेत खुला गर्ने प्रकृया अघि बढाइएको छ ।

हिन्दु धर्मावलम्बीहरुको प्रमुख देवीको रुपमा लिइने गोरखकाली मन्दिरलाई खोल्न गोरखा नगरपालिकाले जिल्लास्तरीय कोभिड विपद व्यवस्थापन केन्द्र (डिसिएमसी) लाई अनुरोध गरेको हो । गत सालको चैत ११ गतेबाट सुरु भएको लकडाउन अघि नै बन्द गरिएको मन्दिर करिब नौ महिनापछि खुल्न लागेको हो ।

बुधबार नगरपालिकामा भएको कार्यपालिका बैठकले भक्तजन तथा पर्यटकलाई अनिबार्य स्वस्थ्य सुरक्षाका उपाय अपनाएर मन्दिर खोल्न डिसिएमसीलाई पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । बैठकले गोरखनाथ मन्रि समेत खुलाउन पत्राचार गरेको बताइएको छ ।

गत चैतको पहिलो हप्तामै कोरोना भाइरसको जोखिम हुने भन्दै देशभरका धार्मिक स्थल लगायत जमघट हुने स्थानहरुमा प्रवेश बन्देज गरिएको थियो । मन्दिर बन्द भएसंगै यस बर्षको दशै लगायतका चाडपर्वहरुमा समेत भक्तजनहरुले बली तथा पूजाआजा गर्न पाएका थिएनन ।

यता प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई समेत मन्दिर खुलाउन प्रकृया अघि बढेको बताउछन । आगामी आइतबारबाट मनकामना मन्दिर खोल्ने निर्णय भएको बताउदै प्रजिअ भट्टराईले गोरखा नगरपालिकाबाट आएको प्रस्ताव डिसिएमसीको बैठकमा लैजाने तयारी भएको बताए । बैठक जिल्ला प्रशासन कार्यालयमा आज बस्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार