गोरखा । ह्याण्डिक्याप इन्टरनेश्नलको आर्थिक सहयोगमा संचालित स्वास्थ्य र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला र बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजना अन्र्तगत गोरखा नगरपालिका भित्रका ४ वटा विद्यालयका ५ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु सहयोग गरिएको हो ।
गोरखा नगरपालिका तथा सम्बन्धित बिद्यालय र विद्यार्थीहरुवाट आवश्यकता पहिचान गरि शैक्षिक सामग्री सहयोग गरेको कार्यक्रम अधिकृत रमा सिंखडाले बताइन् ।

विद्यार्थीहरुकै मागको आधारमा विद्यालय झोला, पोशाक, जुत्ता मोजा, पानी खाने बोतल, बिभिन्न शैक्षिक सामग्री कापी कलम, अंग्रेजी शब्दकोष, अन्य शैक्षिक सामग्रीहरु तथा सुनाई सम्बन्धि अपाङ्गता भएका बिद्यार्थीलाई हियरीङ्ख एड दिएको संस्थाले जनाएको छ ।
संस्थाले शैक्षिक सामग्रीहरु विद्यालयको प्र.अ., शिक्षक, शिक्षिका र अभिभावक ज्यूहरुको रोहबरमा श्री विन्दाबासिनी मा.बि.नारेश्वर, सरस्वती मा.बि आहाले, रत्नराज्य मा.बि बिरेन्चोक र भूराजवृक्ष प्रा.बि. नयाँ गाँउको विद्यार्थीहरुलाई दिएको जनाएको छ ।