• सोमबार, साउन १८ २०८३

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु


बुधबार, मंसिर २४ २०७७
675
Shares

काठमाडौं । नेपालमा पछिल्ले २४ घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ पुगेको छ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको कूल संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार