काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ पीसीआर परीक्षण गर्दा थप एक हजार ५६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको कूल संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ।