काठमाण्डौं । अनलाइनमार्फत फुड डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’को सिस्टम ह्याक गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
फुडमान्डुको सिस्टम ह्याक गरेको आरोपमा काठमाडौँ महानगरपालिका—२६ को रानीबारीबाट १९ वर्षीय दिनेश तिवारी पक्राउ परेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।
ब्युरोका अनुसार उनले फुडमान्डुको डाटा बेसमा प्रवेश गरी ग्राहकहरूको सम्पर्क नम्बर तथा अन्य विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
उनीविरूद्ध फुडमान्डुले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक अर्यालले बताए।
प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ। ब्युरोले अहिले विशेष टोली गठन गरी ह्याकर्स हन्ट अपरेसन सञ्चालन गर्दै आएको छ।