काठमाडौं । पछिल्लो समय निकै चर्चित गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री र गायक टेक अधिकारीको स्वर रहेको ‘ओइ माया’ भिडियोसहित सार्वजनिक भएको छ ।
गीतमा टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको छ । जसमा हाँस्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल, देव बराल, फरिता खड्कालगायतको अभिनय देख्न सकिन्छ ।
युवराज खत्रीको निर्देशन रहेको भिडियोमा श्याम तामाङको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ ।