• सोमबार, साउन १८ २०८३

३८ वटा नक्कली सवारी लाइसेन्ससहित एक पक्राउ


बुधबार, मंसिर २४ २०७७
650
Shares

काठमाडौं । प्रहरीले ३८ वटा नक्कली चालक अनुमतिपत्रसहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाईको टोलीले विशेष सूचनाको आधारमा उनलाई मध्यपुर ठिमी नगरपालिका—६ बाट पक्राउ गरेको हो ।

उनको साथबाट नक्कली साइसेन्ससहित कार, विभन्नि बैंकका चेक समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार