• मंगलबार, असोज २० २०८३

२८ मंसिरदेखि मनकामना मन्दिर र केवलकार खुल्ने


बुधबार, मंसिर २४ २०७७
995
Shares

dgsfdgfdf bz{gfyL{sf] eL8 a8fbz}FcGtu{t dxfci7dLsf cj;/df uf]/vfsf] dgsfdgf dlGb/df a'waf/ bz{gfyL{sf] eL8 . t:jL/ M bLks >]i7, uf]/vf, /f;;


काठमाडौं । लामो समयको अन्तराल पछि गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर मंसिर २८ गतेदेखि खुल्ने भएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारणले गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी भक्तजनका लागि पूजाआजाका लागि खुला गर्न लागिएको हो।

यस अघि भने कोरोना संक्रमणको जोखिमका कारण मन्दिरमा पूजाआजा गर्न भक्तजनलाई रोक लगाइएको थियो। दैनिक पूजा भने पूजारीले गर्दै आएका थिए।

मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका, वडाध्यक्ष, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बैठक गरेर मन्दिर र केवलकार खुलाउने निर्णय भएको स्थानीय बासिन्दा नरेन्द्र श्रेष्ठले जानकारी दिए।

आठ महिनापछि मन्दिर र केवलकार सञ्चालनमा आउन लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार