• मंगलबार, असोज २० २०८३

आज सुनको मुल्य कति छ ?


बुधबार, मंसिर २४ २०७७
770
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुन प्रतितोला सात सय रुपैयाको दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै तेजाबी सुन पनि सोही अन्तरमा घटेर आज प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ। यो सुन अघिल्लो दिन ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मुल्य भने स्थिर रहेको छ। अघिल्लो दिन १२ सय १५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज घटबढ नभएको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार