• सोमबार, साउन १८ २०८३

कोरोनाबाट थप एकको मृत्यु


बुधबार, मंसिर २४ २०७७
595
Shares

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।

मंसिर २० गते कोरोना पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए । संक्रमित पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेका डा. पोखरेलले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ३ सय १४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार