• मंगलबार, असोज २० २०८३

भारतमा ‘रहस्यमय’ रोगको आतंक, बिरामीको रगतमा सीसा र निकल भेटियो


बुधबार, मंसिर २४ २०७७
715
Shares

काठमाडौं । कोरोना महामारीबीच फैलिएको रहस्यमय रोगले भारतको आन्ध्र प्रदेशअन्तर्गत पश्चिम गोदावरी जिल्लामा पर्ने एलुरु सहरवासी यतिबेला आतंकित छन्।

उक्त अज्ञात रोगबाट यो खबर लेख्दासम्म ५ सयभन्दा बढी मानिस बिरामी भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ।

सबैमा एकै लक्षण देखिएका छन्। छारे रोगमा जस्तो बेहोस हुने र एकैछिनमा होसमा आउने। अनि केही घण्टा अस्पताल बसेपछि डिस्चार्ज गर्न सकिने।

राज्यका स्वास्थ्यमन्त्री एके कृष्णा श्रीनिवासका अनुसार अस्पताल भर्ना भएका ५१० बिरामीमध्ये ४३० जना घर फर्किसकेका छन्। यसबीच एक जनाको भने मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ।

स्वास्थ्यमन्त्री श्रीनिावसले भनेका छन्, ‘म सबैलाई अपिल गर्न चाहन्छु कि नआत्तिनुहोस्। बिरामीको संख्या घट्दै छ। आज ४० भन्दा कम बिरामी मात्र थपिएका छन्। मलाई थाहा छ– मानिस डराएका छन्। हामी यस रोगको कारण पत्ता लगाउने प्रयासमा छौं।’

स्वास्थ्य अधिकारीले फोहोर खाना र पानीले यो समस्या निम्तिएको आशंका गरेका छन्।

नयाँ दिल्लीको एम्स अस्पतालको टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार बिरामीको रगतमा सिसा र निकल फेला परेको छ।

एलुरु सरकारी अस्पतालका सुपरिटेन्डेन्ट डा। एवी मोहनले भनेका छन्, ‘हामीले थप नमुना पठाएको छौं, रिपोर्टको प्रतीक्षामा छौं।’

हैदराबादको नेसनल इन्स्टिच्युट अफ न्युट्रिसन ९एनआईएन० का एक वैज्ञानिकले स्नायुसम्बन्धी समस्या हुन सक्ने अनुमान गरेका छन्।

एनएनको टोलीले पानी, खाद्य तेल र चामलको नमुना संकलन गरेको छ। टोलीमा सार्वजनिक स्वास्थ्य विज्ञ, एपिडेमिलोजिस्ट, माइक्रोबायोलजिस्ट र खाद्य सुरक्षा विशेषज्ञ सामेल छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार