• सोमबार, साउन १८ २०८३

घरेलु मैदानमा बार्सिलोना युभेन्टससँग पराजित, रोनाल्डोले गरे दुई गोल


बुधबार, मंसिर २४ २०७७
690
Shares


काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोको इटालियन क्लब युभेन्टसले मेसीको स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ।

क्याम्प नाउमा भएको समूह ‘जी’ को खेलमा युभेन्टसले घरेलु टोली बार्सिलोनामाथि ३—० को सानदार जित निकालेको हो।

खेलमा रोनाल्डोले २ गोल गर्दा वेस्टोन म्याकिनीले १ गोल थपेका थिए। रोनाल्डोले दुवै गोल पेनाल्टी मार्फत गरेका हुन् ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत खेलमा अग्रता बनाएको युभेन्टसले थप सात मिनेटमा दोस्रो गोल गर्‍यो।

त्यस्तै २० औं मिनेटमा वेस्टोन म्याकिनीले युभेन्टसका लागि गोल थप्दा पहिलो हाफमै युभेन्टस २ गोलले अघि रह्यो।

रोनाल्डोलाई बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि युभेन्टसले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो।

दोस्रो हाफमा युभेन्टसले फेरि पेनाल्टीको अवसर पायो। पेनाल्टी क्षेत्रभित्र क्लेमेन्ट लेङलेटले ह्याण्डबल गरेपछि पाएको अवसरको सदुपयोग गर्दै फेरि रोनाल्डोले नै गोल गरे। र युभन्टेस ३—० को जित निकाल्न सफल भयो।

रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म १३४ गोल गरेका छन् ।

बार्सिलोना सन् २०१६ यता पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा पराजित भएको हो ।

यो समयका विश्वका दुई उत्कृष्ट खेलाडीका रुपमा लिइने बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका रोनाल्डो सन् २०१८ को मे पछि पहिलोपटक आमने सामने भएका हुन् ।

जितसँगै युभेन्टस समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने बार्सिलोना दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार