• सोमबार, भाद्र १ २०८३

गोरखामा हाल ९३ जना सक्रिय संक्रमित, अधिकांश होम आइसोलेसनमा


सोमबार, मंसिर २२ २०७७
535
Shares

जिल्लामा हाल ९३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखाका बिभिन्न स्थानीय तहमा गरी ९३ जना सक्रिय संक्रमित रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । संक्रमित रहेको अधिकांश होम आइसोलेसनमै छन् । पछिल्लो समय गोरखामा क्याम्पसमा रहेको संस्थागत आइसोलेसन हटाइसंगै अधिकांश संक्रमित घरमै बस्न बाध्य भएको बताइएको छ ।

त्यस्तै जिल्लामा हालसम्म ७ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ६ सय २६ जनाले कोरोना भाइरसलाई जितिसकेका छन् ।

यसैगरी हालसम्म गोरखाका ११ स्थानीय निकाय सहित जिल्ला अस्प्ताल लगायतबाट गरी ९ हजार ९ सय ३३ जनाले काभिेड १९ परिक्षण गराएका छन् । हालसम्म जिल्लाका ११ जनाले संक्रमणकै कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।

जसमा ३ जनाले जिल्लाभित्रै र ८ जनाले उपचारका क्रममा जिल्ला बाहिरका बिभिन्न अस्पतालहरुमा ज्यान गुमाएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार