• सोमबार, साउन १८ २०८३

आँबुखैरेनी-दमौली सडक विस्तारकाे काम चिनियाँ कम्पनीले गर्ने


सोमबार, मंसिर २२ २०७७
775
Shares

तनहुँकाे आँबुखैरेनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको छ ।

ठेक्का सम्झौताका लागि सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय (एडीबी)ले ठेक्का स्वीकृति गर्ने आसयको सूचना प्रकासित गरिसकेको छ । अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।

दमौली-पोखरामा खण्डको ठेक्का समझौता गर्न छनोट भएको कम्पनीको विवरण एसियाली विकास बैंक -एडीबी)मा पठाइएपनि अझै ‘नो अब्जेक्सन’ प्राप्त नभएको आयोजनाले जनाएको छ । मुग्लिन आँबुखैरहनी खण्डको भने अहिले पनि  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनेको काम चलिरहेको छ ।

यो आयोजना अन्तरगत मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण दिएको छ ।

करिब ८० किलोमिटरको यो सडकलाई तीन प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ ।

यो टेन्डरबाट छानिने कम्पनीले सडकसीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ । यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

आँबुखैरेनीदेखि मुग्लिनसम्मको करिब ८ किलोमिटरको खण्डको भने डिटेल इन्जिनियरिङ रिपोर्ट तयार गरिँदैछ, करिब ६ महिनामा यो काम सकिने अनुमान विभागको छ ।

यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिएको छ । करिब ३ वर्षअघि नै यो परियोजनाको विस्तृत डिजाइन भएको थियो ।

विस्तार भएपछि ‘मेडियन’ को दुईतर्फ ७-७ मिटरको सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।

‘मिडियन’ मा गि्रनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दयाँबायाँ नै साँढे २ मिटरको सोल्जर -अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ ।

सडकलाई आधुनिक प्रविधिबाट निर्माण गर्ने योजना बनेको छ । सरकारले विश्व बैंकको सहयोगमा मुग्लिन-नारायणगढ सडक दुई लेनमा विस्तार गरेपछि विभागले एडीबीको सहयोगमा नै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउन ठेक्का लगाइसकेको छ । मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो ।

यो सडकको आँबुखैरेनी क्षेत्रमा पर्ने मस्र्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने नयाँ ढंगले विस्तार गरिँदैछ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको ठहर गर्दै आयोजनाको टलरेस सुरुङभन्दा मुनि पुल बनाएर आयोजना छल्ने गरी पारिपट्टीबाट अर्को दुई लेनको सडक बनाउन लागिएको छ । आयोजनाभन्दा पारिबाट बन्ने सडकका लागि अहिले डिटेल इन्जिनियरिङ भइरहेको निर्देशनालयले जनाएको छ ।

वारिपट्टकिो हालको सडक पनि डेडिकेटेड दुई लेन बनाइनेछ । हाल यो आयोजना क्षेत्रमा पनि डेडिकेटेड दुई लेनको सडक छैन । यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार