गोरखा । धार्चे गाउँपालिकामा गोरखा उद्योग बाणिज्य संघको इकाई गठन भएको छ । शनिबार धार्चेका बिभिन्न वडामा बिभिन्न ब्यवाय सञ्चालन गर्ने ब्यवसायीहरुको भेलाले धनकुमार गुरुङको अध्यक्षतामा १३ सदस्यिय इकाई गठन भएको हो ।
जसको उपाध्यक्षमा रुपा गुरुङ, सचिव विश्व कुमार गुरुङ, कोषाध्यक्ष धनवहादुर गुरुङ, सर्वसमत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चारमाया गुरुङ, भिमप्रसाद गुरुङ, भिमवहादुर गुरुङ, प्रकाश घले, पवित्रा गुरुङ, सुकवहादुर गुरुङ र धरमाया गुरुङ चयन बताइएको छ ।
गोरखा उद्योग वाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्केको अध्यक्षतामा भएको ब्यवसायीहरुको भेलामा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमकोे उद्घाटन शत्रमा व्यवसाय दर्ता प्रकृयाको बारेमा संघका निजी क्षेत्र विकास कार्यक्रम–पूर्णिमाका व्यवसाय सहायता अधिकृत दिपेन्द्र श्रेष्ठले अभिमुखिकरण गराएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ, संघका उपाध्यक्ष मास्केले व्यवसाय संचालन गर्दा नेपाल सरकारको नियमानुसार स्थानिय निकाय, घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दर्ता गरि नियमबद्ध तरिकाले व्यवसाय संचालन गर्न सुझाव दिएका थिए ।