• सोमबार, साउन १८ २०८३

पत्रकार न्यौपानेलाई ज्यान मार्ने धम्की दिने परियारलाई कारबाहीको माग


आइतबार, मंसिर २१ २०७७
690
Shares

गोरखा । गोरखाका पत्रकार राजेन्द्र न्यौपानेलाई धम्काउने रचन परियारलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ गोरखाले माग गरेको छ ।

शनिबार गोरखा अस्पतालमा चिकित्सक र बिरामीका अफन्तबिच भएको विवादको घटनालाई लिएर परियारले बेलुका पत्रकार न्यौपानेलाई अपशब्दसहित ज्यान मार्ने धम्की दिएको भन्दै महासंघले कारबाहीको माग गरेको हो ।

महासंघले आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै अस्पतालकाे बिषयलाई लिएर ज्यान मार्नेसम्मको धम्की दिएको घटना खेदपूर्ण भएको भन्दै दोषीलाई पक्राउ गरि कानुनी कारवाहीको लागि माग गरेको हाे ।

महासंघका जिल्ला सचिव नरहरी सापकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पत्रकार न्यौपाने माथि गोरखा नगरपालिका–५ सतिपिपल घर भई नेपाल दलित बिद्यार्थी संघ गोरखाका अध्यक्ष समेत रहेका परियारले अपाच्य गाली गलौज गर्दै ज्यान मार्ने धम्की घटनामा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

घटनाले पत्रकार र पत्रकारिता क्षेत्र माथी ठाडो हस्तक्षेप भएको समेत महासंघले ठहर गरेको विज्ञप्तीमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार