काठमाडौं । बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि भएको छ । एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो ।
तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्याइएको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्याइएको हो ।
तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार तोलामा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन् । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।