• मंगलबार, साउन १२ २०८३

आइतबार १ हजार ९६ जनामा कोरोना पुष्टि


आइतबार, मंसिर २१ २०७७
565
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ४९५ पीसीआर परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ।

प्रवक्ता गौतमले पछिल्ले २४ घण्टामा १ हजार ७५२ कोरोना मुक्त भएको भएको बताए। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ। 

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार