• मंगलबार, साउन १२ २०८३

काेभिड खोपको नेपाली मूल्य ३ हजार रुपैयाँ


आइतबार, मंसिर २१ २०७७
755
Shares

रुसमा निर्माण भएको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’ को मूल्य तोकिएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले स्पुतनिक–भी खोपको मूल्य १९ सय ४२ रुबल अर्थात् नेपाली ३ हजार ६७ रुपैयाँ तोकिदिएको रुसको सरकारी समाचार संस्था टासले जनाएको छ।

३ हजार ६७ रुपैयाँमा यस खोपको दुई डोज प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। यो खोप दुई डोज नै लगाउनु पर्ने रुसी संचार माध्यमले जनाएका छन्।

शनिबार रुसी स्वास्थ्य मन्त्रीका सहयोगी एलेक्सी कुजनेत्सोभले भनेका छन्,‘रुसको स्वास्थ्य मन्त्रालयले स्पुतनिक–भीको मूल्य तोकेको छ।

गामेलिया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले बनाएको खोपको दुई डोजको मूल्य १९ सय ४२ रुबल हो।’

उनले सो क्रममा रुसका नागरिकले यस खोप निशुल्क प्राप्त गर्ने बताए। रुसको राजधानी मस्कोमा शनिबारदेखि नै यस खोप लगाउन थालिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार