• सोमबार, साउन १८ २०८३

सुनको मूल्य घट्याे


आइतबार, मंसिर २१ २०७७
760
Shares

काठमाडौं । सुनको भाउमा सामान्य गिरावट आएको छ । गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो ।

शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार