• मंगलबार, असोज २० २०८३

नेपालले ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने


आइतबार, मंसिर २१ २०७७
665
Shares

नेपालले कोभ्याक्स सुविधाबाट ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, खोपको विश्वव्यापी गठबन्धन (गाभी), सेपी (द कोलिसन अफ इपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स)ले संयुक्त रुपमा कोभ्याक्स सुविधा निर्माण गरेका हुन्।

कोरोना भाइरसविरुद्धको खोप निर्माणपछि त्यसमा सबै देशको समान पहुँच होस् भन्ने उद्देश्यसहित सो संयन्त्र गठन गरिएको हो।

नेपालले कोभ्याक्सलाई आवेदन पत्रसमेत बुझाई सकेको छ। कोभ्याक्सले डिसेम्बर ७ सम्म नेपाललाई खोप आपूर्तिका लागि आवश्यक सम्पूर्ण विवरणसहितको आवेदन प्रस्ताव माग गरेको छ।

नेपालले १५ वर्षमुनिका २८ प्रतिशत बालबालिकालाई छाडेर ७२ प्रतिशत नागरिकलाई खोप दिनुपर्ने आँकलन गरेको छ। कोभ्याक्सले प्रतिबद्धताभन्दा बढी खोप उत्पादन भए आवद्ध देशहरुलाई थप खोप दिने पनि जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार