• मंगलबार, असोज २० २०८३

७२ वर्षकाे उमेरमा सम्बन्ध विच्छेद !


आइतबार, मंसिर २१ २०७७
805
Shares

गुल्मीमा एक वृद्ध दम्पपतीले सम्बन्ध विच्छेद गरेका छन्।

गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले गुल्मी जिल्ला अदालतमा शनिबार सम्बन्ध विच्छेद गरेका हुन्।

आफ्ना पहिलेका श्रीमानकाे मृत्यु भइसकेपछि वि‍.सं २०५२ मा बाटुलीले तीलबहादुरसँग दोस्रो बिहे गरेकी थिइन्। सामान्य मनमुटावका कारण घरमा सधैँभरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस् भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन्।

यी वृद्ध दम्पतीले जिल्ला अदालतबाट कानुनी रुपमा सम्बन्ध विच्छेद गरेर अलगअलग बस्ने निधो गरेका हुन्। यी दम्पती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि शनिबार अदालत पुगेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार