• मंगलबार, साउन १२ २०८३

गोरखा अस्पतालका चिकित्सकहरुद्धारा आकस्मिक बाहेकका सेवा बहिस्कार, यस्तो छ कारण


आइतबार, मंसिर २१ २०७७
1.2K
Shares

गोरखा । गोरखा अस्पताल चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका छन् । अस्पतालमा कार्यरत डाक्टरहरुले पे्रस विज्ञप्ती मार्फत उक्त कुराको जानकारी गराएका हुन् ।

‘कार्यकक्षमै हामी माथि हातपात र दुव्र्यवहार हुनुले हाम्रो सुरक्षाको चुनौती थपिएको छ । तसर्थ स्वास्थ्यकर्मी माथी हातपात तथा दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याएर दोषी उपर अविलम्ब कारवाही गर्न हामी प्रशासनसँग माग गर्दर्छौं ।’

५ जना डाक्टर एवं स्वास्थ्यकर्मीद्धारा सयुक्त रुपमा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ । घटनामा संलग्नहरुलाई कानुनी कारवाही नभएसम्म अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवामा आफूहरु संलग्न नरहने समेत उनीहरुले घोषणा गरेका छन् । विज्ञप्तीमा कसले आक्रमण गरेको भन्ने कुरा भने केही खुलाइएको छैन ।

शनिवार गोरखा नगरपालका ३ का देबेन्द्रजंग कुँवरकी श्रीमतीको जिल्ला अस्पतालमा सुत्केरी गराइएको थियो । सुत्केरी गराएका डाक्टर सन्दिप श्रेष्ठले बिरामी र उनका श्रीमान कुँवरलाई दुव्र्यवहार गरेको आरोप कुँवरले लगाएका छन ।

‘करिब बिहान ९ बजे म कपडा किन्न गएको थिएँ । त्यही बेला मेरी श्रीमती शौचालय जाने क्रममा एक्कासी लढिछिन् । थाहा पाउने बित्तिकै म अस्पताल पुगेर ढोकाबाट हेरेँ,’ कुँवरले भने, ‘त्यसबेला मलाई डाक्टर सापले घरीघरी यता उता गरेर डिस्टर्ब गर्ने होइन । कस्ताकस्ता मानिस आउँछन छ्या भन्नुभयो ।’

शुक्रबार राती २ः३० आकस्मिक रुपमा भर्ना भएकी उनले बिहान ६ः४५ बजे बच्चा जन्माएकी थिइन । कुँवरले डाक्टर श्रेष्ठलाई कारवाही तथा सरुवाको माग गर्दै अस्पताल व्यवस्थापन समिति समक्ष उजुरी समेत दर्ता गरेको बताएका छन् ।

आबेशमा आएर डाक्टर श्रेष्ठले पुर्ण रुपमा तन्दुस्त नभइसकी सुत्केरी महिलालाई डिस्र्चाज गरेको उनको दावी छ । त्यसपछि अस्पताल पुगेका बिरामीका आफन्त र साथी भाइको टोलीले डाक्टर श्रेष्ठलाई कारवाही र सरुवाको माग गर्दै होहल्ला गरेका थिए ।

यता बिरामीका आफन्तहरुले भने हातपात नगरिएको भन्दै डाक्टरको गल्ती छिपाउन उक्त आरोप लगाएको बताएका छन् । उक्त घटनाको बिरोध गर्दै सत्यतथ्य सार्वजानिक गर्न नेपाल विद्यार्थी संघ गोरखाले माग गरेको छ । जिल्ला अध्यक्ष सुबास अधिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार