• सोमबार, साउन १८ २०८३

नायिका श्वेता खड्काकाे बिहे मंसिर २२ गते


शनिबार, मंसिर २० २०७७
720
Shares

नायिका श्वेता खड्काले पुनः विवाह गर्ने भएकी छन्।

यसअघिका श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि नायिका खड्काले दोस्रो विवाह गर्न लागेकी हुन्।

यही मंसिर २२ गते बिहे गर्ने मिति ताेकिएकाे नायिका खड्काले सञ्चारमाध्यमसँग बताएकी छन्। त्यसका लागि निम्तो कार्डसमेत बाँडिसकिएको छ। 

खबरअनुसार नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्। उनीहरूबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ।

नायिका खड्काले नायक श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। दुर्भाग्य ! बिहे भएको १ महिनापछि नै ब्लड क्यान्सरका कारण त्यही सालको साउन २५ गते नायक श्रेष्ठको निधन भयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार