• सोमबार, साउन १८ २०८३

कृतिम घाँसे मैदानमा गोरखा नगरपालिका र पत्रकारबिच पहिलो मैत्रीपूर्ण फुटवल


शनिबार, मंसिर २० २०७७
655
Shares

गोरखा । द ओसन क्लबले निर्माण गरेको कृतिम घाँसे मैदानमा गोरखा नगरपालिका र पत्रकारबिच पहिलो मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । शुक्रबार क्लबको आयोजनामा गोरखा नगरपालिकाका जनप्रतिनिधीका साथै कर्मचारी र नेपाल पत्रकार महासंघ गोरखामा आवद्ध सञ्चारकर्मीबिच मैत्रीपूर्ण खेल भएको हो ।

झण्डै ५० लाख लगानीमा क्लबले निर्माण गरेको समुदायस्तरको यो मैदान नेपालमै पहिलो भएको अध्यक्ष अमित खत्रीले बताए ।

केहि समयअघि मात्रै निर्माण सम्पन्न भएको गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्ममा अवस्थित मैदानमा शुक्रबार मैत्रीपूर्ण खेल पश्चात अन्य खेलाडीका लागि समेत खुला गरिएको बताइएको छ ।

मैदान निर्माणका लागि गोरखा नगरपालिाका, पालुंटार नगरपालिका सहित बिभिन्न संघसंस्था, ब्यक्तिहरुको आर्थिक सहयोग रहेको क्लबका अध्यक्ष खत्रीले बताए । आगामी दिनमा मैदानमा खेल्न चाहाने क्लब वा खेलाडीलाई निश्चित शुल्क लिएर खेल्न पाउने ब्यवस्था गरिने खत्रीले बताए । तर हालसम्म शुल्क भने निर्धारण भइनसकेको उनको भनाई छ ।

मैत्रीपूर्ण खेलमा मेयर पन्तको ह्याट्रिक

गोरखा नगरपालिका र पत्रकार महासंघबिच भएको ६० मिनेटको मैत्रीपूर्ण खेलमा नगरप्रमुख राजनराज पन्तले ह्याट्रिक गरेका छन् ।

खेलमा नगरपालिकाले ६ गोल गर्दा मेयर पन्त एक्लैले ३ गोल गरेका थिए । त्यस्तै नगरपालिकाको तर्फबाट प्रेम केसीले १, सुजित थापा मगरले १ र राजु गुरुङले १ गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै निक्कै दवावमा परेको पत्रकार महासंघ गोरखाले भने ३ गोल मात्रै गर्न सफल भएको थियो ।

महासंघका तर्फबाट मोहसिन अलि मियाँले २ गोल र विकास मरहट्टाले १ गोल गरेका थिए ।

गोरखा नगरपालिकाको टोलीको नेतृत्व मेयर पन्त र पत्रकार महासंघको टोलीको नेतृत्व अध्यक्ष किशोरजंग थापाले गरेका थिए ।

खेल सुरु हुनुभन्दा अघि एक औपचारिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा मेयर पन्तले मैदानमा पहिलाे पटक खेलकाे शुभारम्भ समेत गरेका थिए ।

कार्यक्रममा मेयर पन्त सहित उपमेयर विना कुमारी श्रेष्ठ, वडा नम्बर ९ का वडाध्यक्ष कुलबहादुर कुवँर, पत्रकार महासंघका अध्यक्ष थापाले बोलेका थिए ।

हेर्नुस तस्विरहरु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार