• मंगलबार, साउन १२ २०८३

गाउँमै ल्याव चलाउन वडाध्यक्ष श्रेष्ठले जुटाए आर्थिक स्रोत


शुक्रबार, मंसिर १९ २०७७
1.6K
Shares

गोरखा । गाउँमै ल्याव सञ्चालन गर्न शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठले आर्थिक स्रोत जुटाएका छन ।

बुंकोट स्वास्थ्य चौकीबाटै ल्याव सञ्चालन गरी जनतालाई सेवा दिन भन्दै उनले बिभिन्न क्षेत्रमा आवद्ध ब्यक्तिहरुसंगको समन्वयमा आर्थिक स्रोत जुटाएका हुन ।

वडाध्यक्ष श्रेष्ठको पहलमा संकलन भएको ६ लाख २३ हजार ६ सय ६५ रुपैयाबाट खरिद गरिएका बिभिन्न उपकरण बिहिबार गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

बिहिबार माइक्रोस्कोप बेबी अमर, ग्लुको मिटर, फ्रिज, मेडिकल ट्रली लगायत स्वास्थ्य चौकीमा ल्याबका लागि आबश्यक रहेको कम्युटर तथा फर्निचर समेत हस्तान्तरण गरिएको उनको भनाई छ । सो सामाग्री खरिद गर्नका लागि बिभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग गरेको बताइएको छ ।

जसमा पर्यटन ब्यवसायी प्रेम खत्रीबाट ४ लाख ८५ हजार ६ सय ६५, बुंकोटका अर्जुन भण्डारीबाट ११ हजार, राजन बाबु श्रेष्ठबाट १० हजार उत्तरकुमार श्रेष्ठबाट ५ हजार, घैरुङका किरण श्रेष्ठबाट १० हजार, गोपाल बाबु श्रेष्ठ ११ हजार, बुङकोटकै निरोज थापाबाट ६० हजार, नवराज श्रेष्ठबाट १० हजार, पुर्ण श्रेष्ठबाट ११ हजार, बिष्णु थापाबाट १० हजार रुपैया सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, सम्भव नेपालका अध्यक्ष प्रेम खत्री, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठ, बुङ्कोट स्वास्थ्य चौकी प्रमुख बिमला पुलामी लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार