• मंगलबार, असोज २० २०८३

गोरखामा छोराले गरे आफ्नै बाबुको हत्या


बिहिबार, मंसिर १८ २०७७
600
Shares

गोरखामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा छोराको कुटाईबाट बाबुको मृत्यु भएको हो। धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षीय तुलराम ढकालको ज्यान गएको हो।

४० वर्षीय छोरा भुवन ढकालले छात्ती र खुट्टामा लठ्ठीले हिर्काएपछि घाईते भएका तुलरामलाई उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। कुटपिट गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए। मृतकको शव पोष्टमार्टमका लागि स्वास्थ्य केन्द्रमै राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार