• मंगलबार, साउन १२ २०८३

थप १४ सय ९० मा कोरोना पुष्टि


बुधबार, मंसिर १७ २०७७
520
Shares

नेपालमा पछिल्ले २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै अहिलेसम्म २ लाख १८ हजार १६१ जना निको भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २९ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार