• बुधबार, असोज २१ २०८३

जापानमा बस्ने सबैले कोरोनाको खोप निःशुल्क पाउने !


बुधबार, मंसिर १७ २०७७
760
Shares

जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ।

दैनिक रुपमा कोरोना भाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो।

नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ।

सरकारले छ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ।

त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार