• सोमबार, साउन १८ २०८३

दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन गरियाे


बुधबार, मंसिर १७ २०७७
580
Shares

नेपाल प्रहरीले तीनजना प्रहरीलाई निलम्बन गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको हो।

प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी तथा दायित्व पूरा नगरेका कारण उनीहरुलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्त कुँवरले बताए।

‘प्रदेश ट्राफिक कार्यालयमा कर्णालीमा रहँदा गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन गरेर छानबिन थालिएको हो’, प्रवक्ता कुँवरले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार