• सोमबार, साउन १८ २०८३

९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने


मंगलबार, मंसिर १६ २०७७
1.3K
Shares

गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि बन्द भएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि खुल्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्ने तयारी गरेको हो। अब पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनले मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने कोषका सचिव डा.प्रदीप ढकालले जानकारी दिए।

मन्दिर प्रवेश गर्नुअघि भक्तजनलाई स्यानीटाइजर लगाउन दिने तयारी कोषले गरेको छ। भिडभाड नगरी एकपटकमा एउटा समूहलाई मात्र मन्दिर प्रवेश गर्न दिइने छ। त्यस्तै लाइनमा बस्नेबीच दुई मिटरको दूरी कायम गरिने कोषणले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार