सरकारले पप्पुसहित ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै जानकारी दिएको हो ।
निर्माण व्यवसायी/आपुर्तिकर्ताहरुलाई एक वर्षका लागि कालोसूचीमा राखेको कार्यालयलाई जानकारी दिएको छ । यी कम्पनीले यो अवधिभर सार्वजनिक निकाएको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउँदैनन् ।
जेआईईसी- पप्पु, चारघरे कन्स्ट्रक्सन, नन्दला कृषि मेशिनरी सप्लायर्स, डोलरी कन्स्ट्रक्सन, उत्कल कन्स्ट्रक्सन र एबीसी ट्रेड एन्ड सप्लायर्स कम्पनीलाई कालोसूचीमा राखेको हो ।