काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ ।
१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्को निर्णय छ ।
अब नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्ययन निकायसँग उडानसम्बन्धी नियम बनाएपछि उडान सुचारु हुनेछ ।