गोरखा । गोरखामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात सय नजिक पुगेको छ । आइतबार जिल्लाका बिभिन्न पालिकामा गरी १३ जना थपिएसंगै हालसम्म संक्रमितको संख्या ६ सय ९३ पुगेको हो । थप भएकामध्ये गोरखा नगरपालिकाका ४ जना छन् ।
जसमा वडा नम्बर ८ का ४५ बर्षिय एक पुरुष, ९ को ४८ र ४५ बर्षका एक पुरुष र एक महिला र वडा नम्बर १० को ३७ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरवण न्यौपानेले जानकारी दिए ।
त्यस्तै आइतबार नै सिरानचोक गाउँपालिका १ का ४६ बर्षका पुरुषमा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।
यसैगरी भिमसेन थापा गाउँपालिका ४ का २९ बर्षका एक महिला र एक पुरुष, ७ को २४ बर्षिया एक महिलालाई संक्रमण देखिएको न्यौपानेले बताए । उनि गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी समेत रहेको बताइएको छ ।
संक्रमित हुनेमा आरुघाट गाउँपालिकाको एउटै वडाका ५ जना समेत छन् । जसमा वडा नम्बर ८ का ४०, ३४, २९, ४१ र ४० बर्षका पुरुष रहेको कार्यालयले बताएको छ ।
यससंगै गोरखामा संक्रमितको संख्या ६ सय ९३ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या १ सय ४२ रहेको कार्यालयका सुचना अधिकारी न्यौपानेले बताए ।
त्यस्तै हालसम्म जिल्ला भित्र संक्रमणका कारण ३ जना र गोरखा घर भई जिल्ला बाहिर ८ गरी ११ जनाको संक्रमणकै कारण मृत्यु भएको बताइएको छ ।