• सोमबार, साउन १८ २०८३

दुई किशोरीमाथि ९ जनाद्वारा सामूहिक बलात्कार


आइतबार, मंसिर १४ २०७७
1.2K
Shares

दुई किशोरीमाथि सामूहिक रुपमा जबर्जस्ती करणी गरेको आरोपमा कैलालीमा पक्राउ परेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका-५ का धीरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

उनीहरुसहित ९ जनाले गत कात्तिक ८ गते जानकी गाउँपालिका-५ का १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेका प्रहरीले जनाएको छ।

जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार