• सोमबार, साउन १८ २०८३

लिगलिगकोटमा इतिहास हेर्न जाने पर्यटकलाई होमस्टेको ‘अर्गानिक स्वाद’


आइतबार, मंसिर १४ २०७७
1.3K
Shares

मोहसिन अलि मियाँ
गोरखा ।
पछिल्लो समय लिगलिगकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । ऐतिहासिक महत्व बोकेको लिगलिगकोटसम्म पुग्ने सडक समेत कालोपत्रे भएपछि अहिले पर्यटकको ओइरो लाग्ने गरेको स्थानीय बताउछन ।

दौड जितेर राजा हुने प्रचलन लिगलिगको इतिहासमा मात्रै होइन, अहिलेपनि कायम छ, तर खेलको रुपमा । लिगलिगकोट दरबारको भग्नावशेष नजिकै पालुंटार नगरपालिकाले केहि बर्षअघि ४० फिट अग्लो राष्ट्रिय झण्डा फहराएपछि त झनै यसको महत्व बढेर गएको कतिपयको भनाई छ ।

लिगलिगकोट प्रचारका लागि स्थानीय संघसंस्था तथा नगरपालिकाले बर्षेनी बिभिन्न प्रकारका कार्यक्रम पनि गर्दै आएका छन । यससंगै लिगलिगकोट घुम्न आउने पर्यटकले अब स्थानीय स्तरमा उत्पादन भएका परिकार र कला संस्कृतीको समेत स्वाद लिन पाउने भएका छन् ।

पालुंटार नगरपालिका २ स्थित लिगलिगकोटको फेदीमा रहेको खोल्ली मगर गाउँमा होमस्टे सुरु भएसंगै अब पर्यटकले अर्गानिक उत्पादन र स्थानीय कला संस्कृतीको मजा समेत लिन पाउने भएका हुन ।

खोल्लीगाउँमा शनिबारबाट ७ घरमा होमस्टे सुरु भएको हो । लिगलिगकोट होमस्टे समितिले सो गाउँमा पहिलो चरणमा ७ घरबाट होमस्टे सुरु गरेपनि छिट्टै संख्या बढाएर २० पु¥याउने योजना रहेको समितिकी कोषाध्यक्ष देवी ठकुरीले बताइन ।

होमस्टेमा बस्न आउने पाहुनाका लागि पालुंटार २ सिमपानी घर भई हाल अमेरिका बस्ने डाक्टर बालकृष्ण शर्माको पहलमा छुट्टा छुट्टै घर समेत निर्माण भइसकेका छन् । एक कोठे घरमा तिन जनासम्म बस्न मिल्ने बनाइएको ठकुरीले बताइन । शर्माले ७ घर निर्माणका २१ लाख आर्थिक सहयोग जुटाइदिएका थिए । त्यसमा स्थानीयले समेत केहि रकम लगानी गरेर खोपी निर्माण गरेका हुन ।

पर्यटक बस्ने खोपीमा आवस्यक फर्निचरहरु भने संगसंगै अमेरिका र संगसंगै नेपाल नामक संस्थाको आर्थिक सहयोगमा बौद्ध हिमाल युवा क्लबले ब्यवस्था गरेको क्लबका अध्यक्ष किरण गिरीले बताए । होमस्टेमा स्थानीय परिकारसंगै पाहुनालाई स्थानीय मगर समुदायको बिभिन्न कला संस्कृती झल्कने नाचगान समेत देखाउने समितिको योजना छ ।

होमस्टेको शनिबार नगरप्रमुख दिपकबाबु कडेंल र उपप्रमुख पम्फा बसेलले उद्घाटन गरेका हुन । होमस्टे उद्घाटन गर्दै नगरप्रमुख कडेंलले इतिहास संगै कला संस्कृती बेच्दै आर्थिक उपार्जनको वातावरण बनाउन र स्थानीय स्तरमै रोजगारीको सृजना गर्न होमस्टे महत्वपूर्ण बन्ने बताए ।

‘लिगलिगकोट इतिहासको केन्द्रबिन्दु हो, पर्यटनको अथाह सम्भावना भएको ठाउँ हो’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख कडेंलले भने ‘अब हामीले इतिहास र यहाँको संस्कृतीलाई बेच्न सक्नुपर्छ, त्यसका लागि नगरपालिकाले विशेष प्याकेज ल्याएको छ, यहाँको प्रचार प्रसारमा विशेष ध्यान दिएका छौ ।’

त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख बसेलले होमस्टेबाट गाउँमै सिमित बनेका महिलाहरुले प्रत्यक्ष अवसर पाउने र आर्थिक रुपमा समेत आत्मनिर्भर बनाउनेमा विश्वास ब्यक्त गरिन । होमस्टे उद्घाटन कार्यक्रम समितिकी अध्यक्ष प्रेम कुमारी थापा मगरको अध्यक्षतामा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार