गोरखा । गोरखामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार ४ शनिवार १२ जना थपिएका हुन ।
शनिवार अजिरकोट गाउँपालिका ५ जना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा ६ जना भनिएपनि एक जना पहिलै नै संक्रमित भएका व्यक्तिको दोश्रो परीक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिए ।
अजिरकोट गाउँपालिका वडा नम्बर ३ का २४, २६,३२, २२ २५ र २६ वर्षका पुरुष र वडा नम्बर ४ का ५४, २८ र ३२ वर्षका पुरुष रहेका छन् । जिल्लाको गोरखा नगरपालिकामा २ जना संक्रमित थपिएको निर्देशनालयले जारी गरेको चौथो बिज्ञप्तिमा उल्लेख छ ।
गोरखा नगरपालिका वडा नम्बर ६ मा बर्ष ३३ का एक पुरुष, वडा नम्बर ७ मा बर्ष ५३ की एक महिलामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ मा बर्ष ३४ का एक पुरुषमा पनि शनिबार नै संक्रमणको पुष्टी भएको निर्देशनालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका संक्रमण पुष्टी भएका ३ नै जनाको चितवन मेडिकल कलेजको फिभर क्लिनकमा स्वांब परीक्षण भएको गरिएको थियो ।
जिल्ला अस्पतालले आम सर्वसाधरणको स्वाब संकलन नगर्ने भएको छ । शनिवार अस्पतालले एक विज्ञप्ती जारी गर्दै आकस्मिक रुपमा उपचार गराउन आएका, अस्पतालमा भर्ना भएका, अपरेसन गर्नु पर्ने लगायत गम्भिर लक्षण देखिएका बिरामी बाहेक अन्यको परीक्षण नगरिने बताइएको छ ।
त्यस्ता विरामीहरुको पनि चिकित्सकको सिफारिसको आधारमा मात्र स्वाब लिने व्ववस्था मिलाइएको विज्ञप्तीमा उल्लेख छ । अब देखि गोरखा अस्पतालमा कन्ट्याक्ट टे«सिङ पनि नहुने अस्पताले स्पष्ट पारेको छ ।