• बुधबार, असोज २१ २०८३

‘स्वास्थ्यकर्मीलाई तत्काल कोभिड जोखिम भत्ता उपलब्ध गराउनू’


शनिबार, मंसिर १३ २०७७
655
Shares

सरकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोभिड जोखिम भत्ता तत्काल उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको छ।

जोखिम भत्ता नपाएको भन्दै लामो समयदेखि वीर अस्पतालसहित विभिन्न स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका बेला मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म स्वास्थ्यकर्मीलाई जोखिम भत्तास्वरुप ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको र कात्तिकको रकम भुक्तानी क्रममा रहेको जानकारी दिँदै उक्त निर्देशन दिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार