• मंगलबार, साउन १२ २०८३

प्रेस युनियन गोरखाका अध्यक्ष ढकाललाई कोरोना संक्रमण


शनिबार, मंसिर १३ २०७७
640
Shares

गोरखा । नेपाल प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बुधबार गोरखा अस्पतालबाट पिसिआर परिक्षण गराएका ढकालको शुक्रबार राती संक्रमण पुष्टि भएको बताइएको छ ।

उनको स्वावको नमुना परिक्षणका लागि पोखरा पठाइएको थियो ।

एक हप्तादेखि होम क्वारेनटाइनमा रहेका अध्यक्ष ढकाल संक्रमण पुष्टि भएपछि समेत हाल होम आइसोलेसनमा छन् ।

सामान्य रुघाखोकी बाहेक अन्य कुनैपनि समस्या नरहेको र आफु स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा समेत रहेको उनले बताएका छन् ।

उनि गोरखापत्र दैनिक, गोरखा समाचार दैनिक र रेडियो गोरखामा आवद्ध छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार