गोरखामा । जिल्लामा कोरोना संक्रमण जसरी बढिरहेको छ ।
उसैगरी निको हुने क्रममा पनि वृद्धि भएको तथ्याङ्कले देखाउँछ । बिहिबार साँझ प्रशासनले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म ५४५ जना कोरोनामुक्त भइसकेका छन् ।
अहिलेसम्म ६६५ जना कोरोना संक्रमित भएकोमा ११८ जना भने संक्रिय संक्रमति रहेको देखिन्छ । उनीहरु अधिकाशंको स्वास्थ्य अबस्था सामान्य रहेकाले होमआइसोलेशनमा बसेका छन् ।
दिर्घरोगी, कोरोना संक्रमण पछि निमोनिया भएका केही बिरामीहरुलाई भने जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा राखेर उपचार गरिएको छ । हालसम्म ९ हजार ६८९ जनाको स्वाब परीक्षण गरिएकोमा ९ हजार ६०४ जनाको रिर्पोट प्राप्त भएको छ ।
उनीहरु मध्ये ८ हजार ९३९ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ । कोरोना संक्रमणका कारण गोरखा जिल्लामा ३ र उपचारको क्रममा जिल्ला बाहिर ८ जना भन्दा बढिको ज्यान गइसकेको छ ।
उपचार एवं अन्य कामको शिलशिलामा जिल्ला बाहिर परीक्षण गराएका ६७ जनामा पनि कोरोना संक्रमण भएको छ ।