• सोमबार, साउन १८ २०८३

पाैने तिन लाख नगद सहित गोरखामा ३ जुवाडे पक्राउ


शुक्रबार, मंसिर १२ २०७७
575
Shares

गोरखा । कौडा खेलिरहेको अबस्थामा तीन जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गण्डकी गाउँपालिका ४ फुजेलबाट बाट ४६ वर्षीय जनक भण्डारी, धादिङको ज्वालामुखी गाउँपालिका ३ का ६३ वर्षीय खुमबहादुर अर्याल र वडा नम्बर २ बस्ने वर्ष २२ का राजकुमार थापालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुको साथबाट प्रहरीलेत २ लाख ७१ हजार ५२० रुपैयाँ बरामद गरेको गरेको छ । विशेष सूचनाको आधारमा बुधबार राती जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक बासुेदव खतिवडाको कमाण्डमा गएको प्रहरी टोलीले घेरा हाली ५ जना सहित उक्त नगद बरामद गरेको थियो ।

उनीहरुसँगै पक्राउ परेका २ जना निर्दोष देखिएपछि छोडिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

उक्त स्थानमा २ खालमा जुवा खेलेको भन्ने सूचना आएपनि प्रहरी गएको थाहा पाएपछि उनीहरु भागेका थिए । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गरी १० दिनको म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार