• सोमबार, साउन १८ २०८३

गोरखामा धार्मिक स्थलहरु खुला गर्न पहल सुरु


शुक्रबार, मंसिर १२ २०७७
1.9K
Shares

गोरखा । झण्डै ९ महिनादेखि बन्द रहेका गोरखाका धार्मिक स्थलहरु खुला गर्न पहल सुरु भएको छ ।

कोरोना भाइरसको जोखिमका कारण बन्द रहेका धार्मिक स्थलहरु खुला गर्न गोरखामा कोभिड नियन्त्रण र रोकथामका लागि बनेको संकट व्यवस्थापन केन्द्र र विपद् व्यवस्थापन समितिको सयुक्त बैठकले पहल गर्ने निर्णय गरेको हो ।

जिल्लाको मुख्य धार्मिक स्थल गोरखाकाली, गोरखनाथ, मनकामना लगायतका मठमन्दिर सञ्चालनमा ल्याउन नेपाल सरकारसँग स्वीकृती माग्ने निर्णय गरेको हो ।

‘लामो समय देखि मठमन्दिर सबै बन्द छन्, मापदण्ड पुरा गरेर त्यसलाई सञ्चालनमा ल्याउनु पर्ने माग उठेको छ,’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले भने, ‘त्यसको लागि सरकारसँग अनुमती माग गर्ने निर्णय पनि भएको छ ।’

चिसो बढेसँगै आउन सक्ने विपत्तजन्य घटना न्यूनीकरण र राहत उद्धारका लागि आवश्यक पूर्व तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ । कोरोना नियन्त्रण र रोकथामका लागि विभिन्न समाजिक अभियानहरु सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकाय र आमसञ्चार माध्यमसँग सहकार्य गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

बैठकले जिल्ला विपद व्यवस्थापन समिति गोरखाले चालु आर्थिक वर्षमा खर्च गरेको ११ लाख २९ हजार ४३० रुपैयाँ अनुमोदन समेत गरेको छ । बैठकले कोरोनाबाट बच्न स्वास्थ्य र सावधानीका सबै उपाया अबलम्वन गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

उद्योगी व्यापारीहरुलाई सतर्कता अपनाएर व्यपार गर्न भनिएको छ ।

यातायातका साधनहरुलाई मापदण्ड अनुसार चलाउन अनुरोध गरिएको छ । विपद् सम्बन्धि विवरण संकलन र सम्प्रेषणको काम प्रभावकारी बनाउने, विपद्बाट विस्थापित घरपरिवारलाई पुर्नवास र पुर्नस्थापनाको व्यवस्थापन गर्ने विषयमा पनि छलफल र विभिन्न निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार