गोरखा । मेची महाकाली बुहारी सयुक्त आवाजले महिला माथि भएका अपराध रोक्न माग गरेको छ ।
जिल्ला संयोजक सपना पुनले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै बलत्कार र हत्याका घटनामा संग्लनहरुलाई कडा कारवाही गर्न माग गरेकी छिन् ।
केही दिन अघि बर्दिबास १४ महोत्तरीकी ६ वर्षिय गुलाब खातुन बलात्कारपछि हत्या भएको घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सरकाररलाई आग्रह गरिएको छ । प्रर्दशनमा घाईते सन्जय न्यौपानेको मृत्यू भएकोले उक्त घटनाको पनि छानबिन गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
अपराधमा संलग्नले पहुँचका आधारमा खुलेआम उन्मुक्ती पाउने गरेको भन्दै निर्मला पन्त, सुस्मिता, करुणा सम्झना, सज्जा र गुलाब खातुन लगायतको मृत्यू किन के कारण भयो भन्ने अहिले सम्म पहिचान हुन नसक्नु, दोषिलाई कारवाहीको दायरामा नल्याउनुले घटना बढिरहेको उल्लेख छ ।
बलात्कारीलाई फाँसी दिने वा सर्वस्व सहित आजिवन काराबासको सजाय ब्यवस्था गर्न माग गरिएको छ ।