• सोमबार, साउन १८ २०८३

तीन लाख १० हजार रकम सहित तनहुँकाे भानु प्रहरीले समात्यो १९ जुवाडे


शुक्रबार, मंसिर १२ २०७७
855
Shares

तनहुँ । तनहुँबाट १९ जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट गएको टोलीले व्यास १२ बेलघारीबाट १९ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए ।

कुखुराको खोरमा लुकीछिपी ठूलो संख्यामा जुवा खेलिरहेको सुचना पाएपछि प्रहरी निरीक्षक भुषालकाे नेतृत्वमा टाेली त्यसतर्फ गएकाे थियाे । प्रहरीले उनीहरुको साथबाट तिन लाख १० हजार ९ सय ९० रुपैयाँ बरामद गरिएको छ ।

सो क्षेत्रमा प्रहरीले संक्रियता बढाएपछि अहिलेसम्म चार पटक गरी ६६ जना पक्राउ परिसकेका छन् । उनीहरुलाई जुवा मुद्धामा कारवाही गरिएको इप्रका प्रमुख भुषालले बताए ।

जसबाट प्रहरीले झण्डै ८ लाख राजस्व संकलन गरिसकेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार