• मंगलबार, साउन १२ २०८३

गोरखा क्याम्पसबाट आइसोलेसन हटाउने विपद ब्यवस्थापन समितिको निर्णय


बिहिबार, मंसिर ११ २०७७
825
Shares

गोरखा । गोरखा क्याम्पसबाट आइसोलेसन हटाइने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले गोरखा क्याम्पसमा रहेको क्वारेनटाइनसहितको ७६ बेडको आइसोलेसन हटाउने निर्णय गरेको हो ।

जिल्लाका स्थानीय तहहरुले संयुक्त लगानी गरेर निर्माण गरिएको आइसोलेसनमा केहि समयदेखि संक्रमित समेत राख्न छाडिएको थियो ।

पछिल्लो समय जिल्ला अस्पतालले क्याम्पसमा रहेको आइसोलेसन सञ्चालन गर्ने जिम्मा पाएको थियो । तर जिल्ला अस्पतालको जिम्मामा गएसंगै सो आइसोलेसन सञ्चालन गर्न नसकिने भन्दै अस्पताल ब्यवस्थापन समितिले डिसीएमसीमा पत्रचार गरिएको थियो ।

त्यस्तै गोरखा क्याम्पसले समेत आइसोलेसन हटाई आफ्ना नियमित गतिविधी सञ्चालन गर्नुपर्ने माग राख्दै आएको थियो । झण्डै एक करोडको लगानीमा निर्माण गरिएको आइसोलेसनका भौतिक सामाग्री भने गोरखा नगरपालिकालाई बुझाउने बैठकले निर्णय गरेको बताइएको छ ।

सो संगै गोरखा क्याम्पसको आइसोलेसनमा खटिएका नेपाल प्रहरी, नेपाली सेनाको टोलीलाई समेत फिर्ता गर्ने बैठकबाट निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार