• आइतबार, भाद्र २१ २०८३

गण्डकीमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ सय ४४ पुग्याे


बिहिबार, मंसिर ११ २०७७
655
Shares

कोरोना संक्रमणका कारण पोखरामा थप दुई जनाको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिएको जानकारी अनुसार मणिपाल शिक्षण अस्पताल र कास्की सेवा अस्पतालमा एक÷एक गरी दुई संक्रमित महिलाको मृत्यु भएको हो।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले दुवै महिलाको गएराति निधन भएको जानकारी दिए।

निर्देशक शर्माका अनुसार मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचाररत पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको हो।

त्यस्तै मंसिर ९ गते कोरोना पुष्टि भएपछि कास्की सेवा अस्पतालमा उपचाररत लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको गएराति नै निधन भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार