• मंगलबार, साउन १२ २०८३

ग्लोबल गोरखा समाजले ग¥यो स्वास्थ्य सामाग्री सहयोग


बिहिबार, मंसिर ११ २०७७
755
Shares

गोरखा । ग्लोबल गोरखा समाजले कोरोना नियन्त्रण र रोकथामका लागि सहयोग गरेको छ । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रम गरी समाजले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिएको छ ।

समाजका संयोजक विनोद पोखरेलले जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ मार्फत स्थानीय तहलाईहरुलाई उक्त सहयोग प्रदान गरेका हुन् । हरेक स्थानीय तहलाई १३ हजार थान सर्जिकल मास्क र ३० थान थर्मल गन उपलब्ध गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका लागि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत सात हजार थान मास्क, १० थान थर्मल गन प्रदान गरिएको छ ।

स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान माक्र्स र १० थान थर्मल गन, जिल्ला समन्वय समितिका लागि दुई हजार थान मास्क र दुई थान थर्मल गन, पत्रकार महासंघ गोरखका लागि दुई हजार थान मास्क र एक थान थर्मल गन सहयोग गरिएको समाजले जानकारी दिएको छ ।

सो अबसरमा जिल्लाका समन्वय समितिका प्रमुख गुरुङ, प्रजिअ भट्टराई, विभिन्न स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुले उक्त सहयोगले कोरोनासँग जुध्न ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

सो स्वास्थ्य सामाग्री बुधबार नै सम्बन्धित स्थानीय तहहरुलाई उपलब्ध गराइएको जिल्ला समन्वय समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार